२ कात्तिक २०८३ English
English

दसैँ–तिहारमा पनि होल्डिङ सेन्टरमै सुकुम्बासी, जीविकाको चिन्ता

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
दसैँ–तिहारमा पनि होल्डिङ सेन्टरमै सुकुम्बासी, जीविकाको चिन्ता

YouTube मा सब्स्क्राइब

दसैँ र तिहार आइपुग्दा पनि काठमाडौँका सुकुम्बासी बस्तीबाट हटाइएका परिवार होल्डिङ सेन्टरमै बस्न बाध्य भएका छन्। थापाथली बस्तीमा रहेको घर वैशाख १२ गते भत्किएपछि हरिमाया जिम्बा होल्डिङ सेन्टरमा बस्दै आएकी छन्। सुरुका तीन महिना कीर्तिपुरमा राखिएकी उनलाई त्यसपछि भक्तपुरको बोडे सारिएको थियो।

तीजमा चुरासमेत किन्न नसकेकी जिम्बाले घर र काम दुवै गुमेपछि परिवार छरिएको र चाड मनाउने अवस्था नरहेको बताएकी छन्। अघिल्लो वर्ष सानो झुप्रोमा भए पनि परिवारसँगै चाड मनाएको सम्झँदै उनले यसपालि के गर्ने भन्ने टुङ्गो नभएको सुनाएकी छन्। सरकारले होल्डिङ सेन्टरमा राखेर दालभातको व्यवस्था गरे पनि रोजगारी र दीर्घकालीन बासको टुङ्गो नलाग्दा विस्थापितहरूको चिन्ता बढेको छ।

पवन गुरुङले जग्गा र लालपुर्जा दिने आश्वासन अझै पूरा नभएकाले त्यही नै मुख्य चिन्ता बनेको बताएका छन्।

स्रोत

सम्बन्धित समाचार