२ कात्तिक २०८३ English
English

असोजको भारी वर्षाले धानबालीमा करिब २ करोडको नोक्सानी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
असोजको भारी वर्षाले धानबालीमा करिब २ करोडको नोक्सानी

YouTube मा सब्स्क्राइब

गत असोज ८ देखि ११ गतेसम्मको भारी वर्षाले धानबालीमा करिब २ करोड १ लाख रुपैयाँ बराबरको नोक्सानी पुगेको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार करिब २२९ हेक्टर धानखेती प्रभावित हुँदा झन्डै ४३८ मेट्रिक टन उत्पादन घटेको छ। मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ एवं सूचना अधिकारी डा.

मणिरत्न अर्यालले यो क्षति हालसम्म प्राप्त विवरणमा आधारित भएको बताउनुभएको छ। जिल्लागत रूपमा सबैभन्दा धेरै, करिब १०९ हेक्टरमा, क्षति बाँकेमा पुगेको छ भने स्याङ्जामा सबैभन्दा कम, १ हेक्टरभन्दा पनि कम क्षेत्रमा असर परेको छ। गण्डकीका गोरखा, तनहुँ, बागलुङ र स्याङ्जामा करिब १७ हेक्टर खेती प्रभावित हुँदा झन्डै ७५ मेट्रिक टन धान उत्पादन घटेको छ।

कोशी प्रदेशमा करिब २ हेक्टरमा क्षति पुग्दा करिब साढे ४ मेट्रिक टन उत्पादन घटेको छ र झन्डै ३ लाख २० हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ।

स्रोत

सम्बन्धित समाचार