२ कात्तिक २०८३ English
English

मेची–महाकाली श्रीमुक्तिनाथ रथयात्रा कात्तिक ८ देखि

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
मेची–महाकाली श्रीमुक्तिनाथ रथयात्रा कात्तिक ८ देखि

YouTube मा सब्स्क्राइब

मेची–महाकाली राष्ट्रव्यापी श्रीमुक्तिनाथ रथयात्रा–२०८३ यही कात्तिक ८ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने भएको छ। वैदिक सनातन धर्मको संरक्षण, आध्यात्मिक चेतना फैलाउने र राष्ट्रिय धार्मिक तथा सांस्कृतिक एकताको सन्देश दिने उद्देश्यले यो यात्रा आयोजना गरिएको हो। मुक्तिनाथपीठाधीश्वर स्वामी कमलनयनाचार्य अर्थात् मुक्तिनाथ बाबाको सङ्कल्पअनुसार हुँदै आएको यो यात्राले पूर्वदेखि पश्चिमसम्मका प्रमुख तीर्थस्थल, मठमन्दिर र आश्रमलाई जोड्ने आयोजकले जनाएको छ।

बाबाका उत्तराधिकारी स्वामी वासुदेव प्रपन्नाचार्यले रथयात्राले देशको धार्मिक पर्यटन प्रवर्द्धन गर्ने र कालीगण्डकीसहित मुक्तिक्षेत्रको महिमा देशविदेशमा फैलाउने बताउनुभएको छ। उहाँका अनुसार यो यात्राले तीर्थस्थलबीचको आपसी सम्बन्ध बढाउनुका साथै विविधतायुक्त समाजमा राष्ट्रिय एकता बलियो बनाउन पनि सघाउनेछ।

स्रोत

सम्बन्धित समाचार