२ कात्तिक २०८३ English
English

भाडाको जग्गामा तरकारी खेती, बागलुङका दम्पतीको वार्षिक ९ लाख आम्दानी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
भाडाको जग्गामा तरकारी खेती, बागलुङका दम्पतीको वार्षिक ९ लाख आम्दानी

YouTube मा सब्स्क्राइब

बागलुङ बजारमा भाडामा लिएको जग्गामा तरकारी खेती गरेर एक दम्पतीले वार्षिक करिब ९ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्। कला छन्त्याल र गणेश छन्त्याल काठेखोला गाउँपालिका–३ धम्जाबाट बागलुङ बजार झरेका हुन्। उनीहरूले बागलुङ नगरपालिका–१ रामरेखामा करिब ५ रोपनी जग्गा भाडामा लिएर ६ वर्षयता व्यावसायिक तरकारी खेती गर्दै आएका छन्।

जग्गा प्रयोग गरेबापत उनीहरूले वर्षेनि झन्डै ६० हजार रुपैयाँ भाडा तिर्ने गरेका छन्। भारतीय सेनाबाट अवकाश पाएपछि गणेश छन्त्यालले आफ्नी श्रीमती कलासँग मिलेर कृषि पेसा सुरु गर्नुभएको हो। उनीहरूले सञ्चालन गरेको 'छन्त्याल कृषि फर्म'मा ५ वटा प्लास्टिक टनेल निर्माण गरिएका छन्।

फर्मका टनेलमा काउली, ब्रोकाउली, बन्दा र गोलभेँडालगायतका सागसब्जी उत्पादन हुँदै आएको छ। हाल फर्ममा 'सरिता' जातको टमाटरसहित मौसमी तथा बेमौसमी तरकारी फलिरहेका छन्। तरकारीका अलावा फर्मले विभिन्न सागसब्जीका बिरुवा पनि उत्पादन गरेर ग्राहकलाई बिक्री गर्दै आएको छ।

फर्मको मुख्य आम्दानी सागसब्जी बिक्रीबाटै हुने गरेको कला छन्त्यालले बताउनुभएको छ। उहाँका अनुसार घरको कौसीमा खेती गर्न चाहनेहरूका लागि काउली, बन्दा र प्याजका बिरुवा उत्पादन गरेर बेच्दा विशेष गरी राम्रो आम्दानी भएको छ।

स्रोत

सम्बन्धित समाचार