२ कात्तिक २०८३ English
English

विद्युत् प्राधिकरणलाई तीन कम्पनीमा बाँड्ने काम अन्तिम चरणमा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
विद्युत् प्राधिकरणलाई तीन कम्पनीमा बाँड्ने काम अन्तिम चरणमा

YouTube मा सब्स्क्राइब

विद्युत् प्राधिकरणलाई तीनवटा अलग कम्पनीमा बाँड्ने पुनर्संरचनाको तयारी अन्तिम चरणमा पुगेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यसका लागि बनाइरहेको रोडम्यापलाई अन्तिम रूप दिइरहेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमै सरकारले वर्षौँदेखि चर्चामा रहेको प्राधिकरण पुनर्संरचना सम्पन्न गर्ने घोषणा गरेको थियो।

प्रस्तावित ढाँचामा उत्पादन, प्रसारण र वितरण–व्यापार गरी तीनवटा काम अलग–अलग कम्पनीले सम्हाल्ने व्यवस्था छ। रोडम्यापले प्राधिकरणको सम्पत्ति र दायित्वको बाँडफाँट, कर्मचारी समायोजन तथा सञ्चालन ढाँचा टुङ्गो लगाउने मन्त्रालयले जनाएको छ। ऊर्जा क्षेत्रका विज्ञहरूले भने कानुनी आधारबिना गरिने पुनर्संरचनाले नयाँ जटिलता निम्त्याउन सक्ने चेतावनी दिएका छन्।

स्रोत

सम्बन्धित समाचार