‘पेन्सन पट्टा’ को कमाइ १० करोड नाघ्यो, साढे ३ लाख दर्शक

माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’ ले बक्स अफिसमा १० करोड रुपैयाँभन्दा बढी कमाइ गरेको छ। चलचित्र विकास बोर्डको पछिल्लो विवरणअनुसार फिल्मले आइतबारसम्म झन्डै १० करोड १८ लाख रुपैयाँको कुल व्यापार गरेको छ। बोर्डका अनुसार फिल्मका करिब ३ लाख ५९ हजार टिकट बिक्री भइसकेका छन्।
यो फिल्म यस वर्ष सबैभन्दा धेरै कमाउने नेपाली फिल्मको सूचीमा दोस्रो स्थानमा पुगेको छ। यस वर्ष १० करोड रुपैयाँ नाघ्ने यो दोस्रो फिल्म पनि हो। पहिलो स्थानमा रहेको ‘गौँथली’ ले करिब २६ करोड रुपैयाँ कमाएको बोर्डको विवरणमा उल्लेख छ।
‘पेन्सन पट्टा’ ले करिब ९ करोड ३२ लाख रुपैयाँ कमाएको ‘लालीबजार’ लाई यसअघि नै उछिनिसकेको छ। भदौ २६ गतेदेखि प्रदर्शनमा आएको फिल्मले अवकाशपछिको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक यथार्थलाई कथामा समेटेको छ। फिल्ममा दयाहाङ राई, गौमाया गुरुङ र विल्सन विक्रम राईलगायतको अभिनय छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


