कञ्चनपुरमा साइकलमा ड्रागन फ्रुट बेचेर स्वरोजगारको सन्देश

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महोलियाका ३२ वर्षीय गणेशदत्त पन्तले सरकारी जागिरसँगै साइकलमा ड्रागन फ्रुट बेचेर स्वरोजगारको उदाहरण देखाउनुभएको छ। उहाँ कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यालय सहयोगी पदमा ११ वर्षदेखि कार्यरत हुनुहुन्छ। पछिल्लो चार वर्षदेखि उहाँ बिहान एक–डेढ घण्टा र साँझ पाँच बजेपछि साइकल लिएर महेन्द्रनगर बजारका गल्लीमा फल बेच्न निस्कनुहुन्छ।
व्यापार गरेको दिन करिब एक हजारदेखि एक हजार दुई सय रुपैयाँसम्म नाफा हुने पन्तले बताउनुभएको छ। उहाँले स्थानीय बजारसँगै दाङ, सुर्खेत, नेपालगञ्ज र डडेल्धुराबाट पनि ड्रागन फ्रुट ल्याई थोक र खुद्रा बिक्री गर्दै आउनुभएको छ। पन्तका अनुसार बजारमा यो फलको माग उच्च छ।
कार्यालय समयपछिको फुर्सद सदुपयोग गर्न यो व्यापार थालेको उहाँको भनाइ छ। यही आम्दानीले घरखर्च धानिएपछि तलब जोगिन थालेको पन्तले बताउनुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


