दशमीमा जनकपुरधाममा रावण वधको तयारी अन्तिम चरणमा

विजयादशमीका दिन भोलि बुधबार जनकपुरधाममा हुने रावण वध कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ। गंगा सागर र धनुष सागर पोखरीको डिलमा रावणसँगै मेघनाथ र कुम्भकर्णका पुतला बनाएर जलाइनेछ। जनकपुरधाममा झन्डै एक दशकदेखि हरेक दशमीमा यो कार्यक्रम हुँदै आएको छ।
आयोजक महावीर युवा कमिटीले हरेक वर्ष कार्यक्रमलाई भव्य बनाउँदै लगेको छ। कार्यक्रमका संयोजक आनन्द साहका अनुसार यस वर्ष रावणको पुतला करिब ४५ फिट अग्लो हुनेछ। भारतबाट आएको मूर्तिकार टोलीले करिब २० दिनदेखि लगातार पुतला बनाइरहेको छ।
संयोजक साहका अनुसार पुतला निर्माणमा अहिलेसम्म करिब ३ लाख ५० हजार रुपैयाँ खर्च भइसकेको अनुमान छ। कार्यक्रम भोलि साँझ ६ बजेदेखि सुरु हुनेछ। यस वर्ष राम मन्दिरका महन्थ राम गिरीले रावण वध गर्नुहुनेछ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


