विजया दशमी आज, टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन विजया दशमी आज मनाइँदै छ। आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज कात्तिक ४ गते बुधबार बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जन गरेपछि टीका लगाउन सकिन्छ। उत्तम साइतमा टीका लगाउन चाहनेका लागि समितिले बिहान १० बजेर २६ मिनेट तोकेको छ।
दसैँमा लगाइने रातो टीकालाई शुभ साइतको प्रतीक र जमरालाई समृद्धिको प्रतीक मानिन्छ। मान्यजनले टीका र जमरासँगै आफूभन्दा सानालाई आशीर्वाद दिने परम्परा छ।
विजया दशमीको अवसरमा देशभरका घरघरमा तथा विभिन्न मठमन्दिरमा टीका र पूजाआजाको कार्यक्रम भइरहेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


