पश्चिमी वायुको आंशिक प्रभाव, देशभर चिसो बढ्दै; जुम्लाको तापक्रम माइनसमा

देशभर चिसोको प्रभाव बिस्तारै बढ्न थालेसँगै न्यूनतम तापक्रम घट्दो क्रममा देखिएको छ। कर्णाली प्रदेशको जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ। देशका केही स्थानमा हल्का वर्षा हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
दसैँका बेला गाउँघर जाने तथा यात्रा गर्नेहरूले मौसमको अवस्थालाई ध्यान दिनुपर्ने देखिन्छ। तापक्रम घट्दै जाँदा उच्च पहाडी तथा हिमाली क्षेत्रमा चिसो बढ्दै गएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो