बाढीले पक्की पुल बगाएपछि नुवाकोटमा ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोटमा ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालनमा आएको छ। पुल बनेपछि स्थानीयवासीको आवतजावत सहज भएको छ।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले विदुर नगरपालिका–१ स्थित त्रिशूली नदीमाथिका दुईवटा पक्की पुल बगाएको थियो। त्यसपछि यहाँको आवतजावत अवरुद्ध भएको थियो र स्थानीयवासीले सास्ती खेप्नुपरेको थियो।
दसैँको मुखमा झोलुङ्गे पुल सञ्चालनमा आउँदा स्थानीयवासीलाई राहत मिलेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

