सिन्धुलीमा सुमो सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता

सिन्धुलीमा मध्यपहाडी लोकमार्गबाट टाटा सुमो गाडी सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ। दुर्घटनापछि तीन जना बेपत्ता छन्।
फिक्कल गाउँपालिका–६ नागथानमा आइतबार बिहान करिब साढे २ बजे को. १ ज २९७६ नम्बरको सुमो सडकबाट नदीमा खसेको हो। गाडी काठमाडौंबाट खोटाङतर्फ जाँदै थियो।
दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो। मृत्यु हुने तीनै जना महिला रहेको जनाइएको छ। चालकसहित चार जनाको उद्धार गरिएको छ। उनीहरू घाइते भएका छन्।
मृतक र बेपत्ता यात्रुको पहिचान खुल्न बाँकी छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो
