१ कात्तिक २०८३ English
English

क्यानडासँग नेपाल २४ रनले पराजित, ओमानविरुद्ध जित्नैपर्ने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
क्यानडासँग नेपाल २४ रनले पराजित, ओमानविरुद्ध जित्नैपर्ने

YouTube मा सब्स्क्राइब

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शनिबार ओमानमा भएको खेलमा क्यानडाले नेपाललाई २४ रनले पराजित गरेको छ। अल अमेरात मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडा ५० ओभरमा २५६ रनमा अलआउट भएको छ। ओपनर युवराज सम्राले ११७ बलको सामना गर्दै ११ चौका र ४ छक्कासहित १०५ रन बनाउनुभएको छ।

यो उहाँको एकदिवसीय अन्तर्राष्ट्रिय करियरको पहिलो शतक हो। आरोन जोनसनले ३६ र हर्ष ठाकरले ३४ रन जोड्नुभएको छ। नेपालका लागि ललित राजवंशीले ४, सन्दीप लामिछानेले ३ र दीपेन्द्रसिंह ऐरीले २ विकेट लिनुभएको छ।

२५७ रनको लक्ष्य पाएको नेपालले ४६ ओभरमै सबै विकेट गुमाउँदा २३२ रन मात्र जोड्न सकेको छ। ओपनर अर्जुन कुमालले ११२ बलमा ४ चौकासहित सर्वाधिक ८७ रन बनाउनुभएको छ। ऐरीले २७ तथा इशान पाण्डे र गुलशन झाले २१–२१ रन थप्नुभएको छ।

क्यानडाका सुखजिन्दर सिंहले ३ तथा कलिम सना र शील पटेलले २–२ विकेट लिनुभएको छ। यस शृङ्खलाका सुरुका दुई खेल जितेको नेपाल यो हारपछि ८ टोली सहभागी लिग–२ को तालिकामा २८ अंकसहित सातौँ स्थानमा झरेको छ। सबै ३६ खेल सकाएको क्यानडा २९ अंकसहित छैटौँ स्थानमा उक्लिएको छ।

अब शीर्ष ६ मा पर्न नेपालले अन्तिम खेलमा ओमानलाई हराउनैपर्ने भएको छ।

स्रोत

सम्बन्धित समाचार