१ कात्तिक २०८३ English
English

बागमती किनारमा लिङ्गे पिङको रौनक

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बागमती किनारमा लिङ्गे पिङको रौनक

YouTube मा सब्स्क्राइब

दसैँको रमाइलोसँगै ललितपुरको कुपण्डोलस्थित बागमती नदी किनारमा लिङ्गे पिङ खेल्नेको भीड बढेको छ। पिङ खेल्न आउनेमा प्रायः बालबालिका छन्, जो आफ्नो पालो कुरेर बसेका छन्। पालो आएपछि उनीहरू उत्साहका साथ पिङ मच्चाउँदै दसैँको खुसी साटिरहेका छन्।

पिङ खेल्नेबाहेक हेर्न आउने सर्वसाधारणको उपस्थितिले नदी किनारमा सामूहिक उत्सवको माहोल बनेको छ। पछिल्लो समय सहरमा पिङ संस्कृति साँघुरिँदै गएको छ। यस्तो अवस्थामा बागमती किनारमा राखिएको पिङले सहरमा दसैँको मौलिक रौनक जीवन्त राखेको छ।

दसैँमा पिङ खेल्ने चलन पुस्तौँदेखि चल्दै आएको सांस्कृतिक अभ्यास हो। पिङले मनोरञ्जनसँगै आपसी भेटघाट बढाउने र सामूहिक खुसी बाँड्ने काम गर्दै आएको छ।

स्रोत

सम्बन्धित समाचार