मिथिलामा नवरात्रको खोइछ भर्ने परम्परा सुरु

शारदीय नवरात्रको सातौँ दिन सप्तमीसँगै मिथिला–मधेश क्षेत्रमा माता दुर्गाको पूजासहित खोइछ भर्ने परम्परा सुरु भएको छ। सप्तमीदेखि महानवमीसम्म खोइछ भराइ विशेष रूपमा गरिन्छ। धार्मिक आस्थाअनुसार महिलाहरू अक्षता, सिन्दूर, फलफूल र मिठाईलगायतका सामग्री राखी खोइछ भर्ने गर्छन्।
पूजाका क्रममा कागजबाट बनाइएको झाप पनि चढाइन्छ। परिवारमा सुख, शान्ति र समृद्धि होस् तथा सन्तानको मङ्गल र कल्याण होस् भन्ने कामनासहित यो विधि गरिन्छ। सिरहा सदरमुकामस्थित दुर्गा भवानी मन्दिरमा खोइछ भर्न आएका विवाहित महिलाको भीड लागेको छ।
सप्तमीलाई फूलपाती पनि भनिन्छ र यही दिन गोरखा दरबारबाट पठाइएको फूलपाती काठमाडौँको हनुमानढोकास्थित दसैँघरमा भित्र्याइएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


