१ कात्तिक २०८३ English
English

दैलेखका हिकमत बहादुर शाही कर्णाली याक्सका आइकोनिक खेलाडी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
दैलेखका हिकमत बहादुर शाही कर्णाली याक्सका आइकोनिक खेलाडी

YouTube मा सब्स्क्राइब

कर्णाली याक्सले नेपाल प्रिमियर लिग, एनपीएलको तेस्रो सिजनका लागि दैलेखका १८ वर्षीय हिकमत बहादुर शाहीलाई आइकोनिक खेलाडी छानेको छ। शाही टोलीले सुर्खेतमा आयोजना गरेको ट्यालेन्ट हन्टमा सहभागी हुनुभएको थियो। यस पटक सुर्खेत र सल्यानको ट्यालेन्ट हन्टबाट शाहीसँगै रुकुमका भुवन भण्डारी र सुर्खेतका कैलाश खड्का दोस्रो चरणमा पुगेका थिए।

तीनै जनाले टोलीको बन्द प्रशिक्षणमा भाग लिएका थिए र त्यहाँको प्रदर्शनका आधारमा शाही छानिनुभएको हो। उहाँले सन् २०२१ देखि क्रिकेट खेल्न सुरु गर्नुभएको हो। उहाँले काठमाडौँमा ३ महिना र सुर्खेतको जुनियर स्पोर्ट्स एकेडेमीमा २ महिना प्रशिक्षण लिनुभएको छ।

त्यही क्रममा उहाँले सुर्खेतमा जुनियर खेलाडीलाई सिकाउने काम पनि गर्नुभएको थियो। सन् २०२४ मा उहाँले भारतमा करिब १ वर्ष प्रशिक्षण लिनुभएको थियो। यो छनोटलाई शाहीले आफ्नो क्रिकेट करियरको मोड मान्नुभएको छ।

टोलीका प्रशिक्षक ज्ञानेन्द्र मल्लले टोलीको संरचना र आवश्यकता हेरेर शाहीलाई रोजिएको बताउनुभएको छ।

स्रोत

सम्बन्धित समाचार