३१ असोज २०८३ English
English

दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, उपत्यका छाड्ने यात्रु साढे चार लाख नजिक

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, उपत्यका छाड्ने यात्रु साढे चार लाख नजिक
तस्बिर: नेपाल प्रेस

नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोंगबुस्थित नयाँ बसपार्कसहित काठमाडौँ उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढेको छ। वर्षमा एकपटक आउने ठूलो चाड दसैँ मनाउन धेरै मानिस राजधानीबाट गाउँ फर्किरहेका छन्।

दसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको संख्या साढे चार लाख नजिक पुगेको छ।

यात्रुहरू फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाका हुँदै उपत्यकाबाहिर निस्किएका हुन्।

दसैँ नजिकिँदै जाँदा नयाँ बसपार्कसहित उपत्यकाका मुख्य नाकामा घर फर्किने यात्रुको भीड देखिएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ३१ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 31 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार