चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त

मन्त्रिपरिषद्ले चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डितलाई नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पण्डितलाई बोर्डको नेतृत्व सुम्पने निर्णय गरेको हो। चलचित्र विकास बोर्डलाई नेपाली चलचित्र क्षेत्रको सर्वोच्च निकायका रूपमा लिइन्छ। अध्यक्ष पदका लागि ११ जनाले आवेदन दिएकोमा पण्डित छानिएका हुन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


