फूलपातीका दिन गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन

गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन शनिबार काठमाडौँको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन गरेका छन्।
गृहमन्त्री गुरुङ बिहान हनुमानढोका दरबार क्षेत्र पुगेका थिए। उनले तलेजु भवानीको पूजा आराधना गर्नुका साथै जीवित देवी कुमारीको दर्शन गरे।
दर्शनका क्रममा गृहमन्त्री गुरुङ सर्वसाधारणसँगै लाइनमा बसेको देखिएको रातोपाटीले जनाएको छ।
बडादसैँको सातौँ दिन शनिबार देशभर फूलपाती भित्र्याइएको छ। सोही दिन गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली हनुमानढोका दरबारमा पठाइएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


