३१ असोज २०८३ English
English

जनकपुरदेखि पोखरा, जाजरकोटसम्म शक्तिपीठमा फूलपाती बढाइँ

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
जनकपुरदेखि पोखरा, जाजरकोटसम्म शक्तिपीठमा फूलपाती बढाइँ

YouTube मा सब्स्क्राइब

बडादसैँको सातौँ दिन शनिबार देशका विभिन्न शक्तिपीठ र दसैँघरमा परम्परागत विधिसहित फूलपाती भित्र्याइएको छ। जनकपुरधामको राजदेवी मन्दिरमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त सलामीपछि फूलपाती भित्र्याइएको छ। मिथिलाञ्चलमा बेलको रुखमुनि पूजा गरी फल टिपेर भगवतीलाई चढाउने यो विधिलाई 'बेलतोडी' भनिन्छ।

पोखरामा चिप्लेढुङ्गाबाट सैनिक ब्यान्ड र बाजागाजासहित निस्किएको लावालस्कर बजार परिक्रमा गर्दै विन्ध्यवासिनी मन्दिर पुगेको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको उपस्थितिमा भएको कार्यक्रममा सुरक्षा निकायका अधिकृत, जवान र सर्वसाधारण सहभागी भएका छन्। जाजरकोटमा पुरानो राजधानी जगतिपुरबाट खड्गदेवतासहितको फूलपाती भूकम्पले क्षति पुर्‍याएको ऐतिहासिक दरबारमा भित्र्याइएको छ।

सशस्त्र द्वन्द्वका कारण २०५५ सालतिर रोकिएको यो परम्परा २६ वर्षपछि २०८१ सालमा फेरि सुरु भएको हो। पाँचथरको फिदिममा सुम्हात्लुङ मन्दिरबाट फूलपाती ल्याएर सुरक्षा निकाय र जिल्ला प्रशासनका दसैँघरमा बिहानको शुभसाइतमा भित्र्याइएको छ। उदयपुरको गाईघाटस्थित पञ्चावती भगवती मन्दिरमा स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीयबासीको सहभागितामा बेलपत्रसहितको फूलपाती भित्र्याइएको छ।

बाराको प्रसिद्ध शक्तिपीठ गढीमाई मन्दिरमा बिहानैदेखि लाइनमा बसेर श्रद्धालुले पूजा गरिरहेका छन्।

स्रोत

सम्बन्धित समाचार