राष्ट्रिय टोलीका फरवार्ड बिमल घर्तीमगरले लिए फुटबलबाट सन्न्यास

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड बिमल घर्तीमगरले फुटबल खेलजीवनबाट सन्न्यास लिने घोषणा गरेका छन्। २८ वर्षीय घर्तीमगरले सामाजिक सञ्जाल फेसबुकमा सन्देश लेखेर आफ्नो निर्णय सार्वजनिक गरेका हुन्। बुटवलबाट थालिएको यात्रा काठमाडौँ हुँदै राष्ट्रिय टोलीसम्म पुग्दा लामो र कठिन रहेको उनले उल्लेख गरेका छन्।
देशका लागि जति खेले मनैदेखि खेलेको र आफ्नो सबैथोक फुटबललाई सुम्पिएको उनले लेखेका छन्। यो निर्णय लिँदा आफू भावुक भएको बताउँदै उनले माया र साथ दिने शुभचिन्तक तथा फुटबलप्रेमीलाई धन्यवाद दिएका छन्। घर्तीमगरले सन् २०१२ मा १४ वर्षको उमेरमै राष्ट्रिय टोलीबाट खेल्ने अवसर पाएका थिए।
उनले राष्ट्रिय टोलीका लागि ९ अन्तर्राष्ट्रिय गोल गरेका छन्। उनी केही समयदेखि अस्ट्रेलियामा बस्दै आएका छन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


