३१ असोज २०८३ English
English

नेपाल फुटबल लिग आगामी फागुनदेखि, सात टोली होम एन्ड अवेमा खेल्ने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
नेपाल फुटबल लिग आगामी फागुनदेखि, सात टोली होम एन्ड अवेमा खेल्ने
तस्बिर: नेपाल प्रेस

नेपाली फुटबललाई व्यावसायिक बनाउने उद्देश्यसहित नेपाल फुटबल लिग (एनएफएल) आगामी फागुन महिनामा हुने भएको छ। प्रतियोगितामा विभिन्न सात टोली सहभागी हुनेछन् र खेल होम एन्ड अवेका आधारमा सञ्चालन हुनेछ।

नेपाली फुटबलको फ्रेन्चाइज लिग नेपाल सुपर लिग (एनएसएल) का क्लबहरू मिलेर एनएफएल आयोजना गर्ने तथा खेल्ने भएका हुन्।

यसअघि सेप्टेम्बर ५ मा एनएसएल आयोजना गर्ने घोषणा गरिएको थियो। शिक्षा तथा खेलकुदमन्त्री नै उपस्थित भएर एनएसएल सिजन ४ को घोषणा गरिए पनि आयोजक र क्लबहरूबीच सहमति हुन सकेन।

सोही असहमतिपछि क्लबहरूले छुट्टै नेपाल फुटबल लिग सञ्चालन गर्ने निर्णय गरेका हुन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ३१ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 31 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार