३० असोज २०८३ English
English

एनपीएल प्रसारणका लागि शोएब अख्तर नेपाल आउने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
एनपीएल प्रसारणका लागि शोएब अख्तर नेपाल आउने

YouTube मा सब्स्क्राइब

पाकिस्तानका पूर्वक्रिकेटर तथा चर्चित तीव्र गतिका बलर शोएब अख्तर नेपाल प्रिमियर लिग, एनपीएलको प्रसारणका लागि नेपाल आउने भएका छन्। एनपीएलको प्रसारण अधिकार पाएको हिमालय स्पोर्ट्सले उनलाई खेलअघि र पछिको कार्यक्रम 'रेडबुल क्रिकेट लाइभ'मा विशेष अतिथिका रूपमा अनुबन्ध गरेको छ। एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म काठमाडौँमा हुँदैछ।

'रावलपिन्डी एक्सप्रेस' उपनामले चिनिने अख्तर आफ्नो असाधारण गति र आक्रामक बलिङ शैलीका कारण विश्वभर लोकप्रिय छन्। उनले सन् २००३ को आईसीसी विश्वकपमा इंग्ल्यान्डविरुद्ध प्रतिघण्टा करिब १६१ किलोमिटरको गतिमा बल फ्याँकेका थिए। क्रिकेट इतिहासमा रेकर्ड गरिएको सबैभन्दा तीव्र गतिको त्यो बलको कीर्तिमान अहिलेसम्म कायम छ।

सन् १९९७ देखि २०११ सम्म पाकिस्तानको प्रतिनिधित्व गरेका उनले टेस्ट, एकदिवसीय र टी-ट्वान्टी गरी चार सयभन्दा बढी अन्तर्राष्ट्रिय विकेट लिएका छन्।

स्रोत

सम्बन्धित समाचार