आईएचएफ नेसन्स महिला ट्रफीका लागि नेपाली ह्यान्डबल टोली ढाका जाने

आईएचएफ नेसन्स महिला ट्रफी जोन २ मा भाग लिन नेपाली महिला ह्यान्डबल टोली शनिबार बंगलादेशको ढाका जाने भएको छ। कात्तिक १ देखि ५ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित ६ देशका टोली सहभागी हुँदै छन्। नेपालबाहेक बंगलादेश, भारत, मालदिभ्स, यमन र अफगानिस्तानका टोलीले प्रतिस्पर्धा गर्नेछन्।
बन्दना राईको कप्तानीमा रहेको १४ सदस्यीय टोलीमा उमा राई, देवकुमारी बाँस्कोटा, विमला तामाङ, दुर्गा बोहरा, हिलिना राना, कल्पना ओली र कोमली खड्का छन्। त्यसैगरी समिना चौधरी, सम्झना कुमाल, संगिता चौधरी, सञ्जु राई, शान्तीकला राई र ममता राना पनि टोलीमा छन्। टोलीको प्रशिक्षक सुसिल अधिकारी हुनुहुन्छ।
अफिसियलमा नेपाल ह्यान्डबल संघका अध्यक्ष पिताम्बर तिम्सिना, उपाध्यक्ष तस्विरा तामाङ र महासचिव केशव पाठक हुनुहुन्छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


