३० असोज २०८३ English
English

आईएसएफ फुटबल विश्वकपका लागि २९ सदस्यीय नेपाली टोली चीन जाने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
आईएसएफ फुटबल विश्वकपका लागि २९ सदस्यीय नेपाली टोली चीन जाने

YouTube मा सब्स्क्राइब

आईएसएफ फुटबल विश्वकपको २९औँ संस्करणमा भाग लिन नेपाली टोली शुक्रबार चीनतर्फ प्रस्थान गर्दै छ। २० खेलाडीसहित २९ सदस्य रहेको टोलीमा १६ देखि १८ वर्ष उमेर समूहका खेलाडी छन्। चीनमा हुने प्रतियोगिता असोज ३१ गतेदेखि कात्तिक ९ गतेसम्म अर्थात् अक्टोबर १७ देखि २६ तारिखसम्म चल्नेछ।

विद्यालय खेलकुद महासङ्घका महासचिव राजकुमार कार्की टोली नेताका रूपमा जानुहुनेछ। उहाँ अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घको कार्यकारी समितिमा पनि हुनुहुन्छ। महासचिव कार्कीका अनुसार छनोट प्रतिस्पर्धामा ३७२ खेलाडीले भाग लिएका थिए।

पहिलो चरणमा तीमध्ये ४० जना छानिएका थिए भने अन्तिम चरणमा २० जनालाई टोलीमा समेटिएको उहाँले बताउनुभएको छ। टोलीमा इभानरत्न तुलाधर, मानव सुब्बा, आरभ श्रेष्ठ, अग्रिमजङ्ग सिंह बस्नेत, साहिलराज थापा, प्रशान्त मेयाङबो, रिवाज गुरुङ, सगर्वबहादुर श्रेष्ठ, सम्योग राई, सुयास पौडेल, अन्शुमन केसी, भविष्य शाह, सिभान्स भट्टराई, आकृष्ट महत, कृष्णा गुरुङ, तेन्जिङ शेर्पा, आइज्याक शाही र आर्गेन तुलाधरलगायतका खेलाडी छन्।

स्रोत

सम्बन्धित समाचार