२९ असोज २०८३ English
English

एनपीएल तेस्रो संस्करणका लागि त्रिवि मैदान तयार, ओमोडाको प्रायोजन निरन्तर

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
एनपीएल तेस्रो संस्करणका लागि त्रिवि मैदान तयार, ओमोडाको प्रायोजन निरन्तर

YouTube मा सब्स्क्राइब

नेपाल प्रिमियर लिग, एनपीएलको तेस्रो संस्करणका लागि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान तयार भएको छ। प्रतियोगिता कात्तिक ९ गतेदेखि आठ टोलीबीच सुरु हुँदै छ। मैदानको स्तरोन्नति, पिच र आउटफिल्ड व्यवस्थापन तथा दर्शक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

प्यारापिटमा नयाँ बकेट कुर्सी जडान गरिएको छ भने स्वागतद्वार निर्माण पनि अघि बढेको छ। फ्लडलाइटको व्यवस्था भएकाले आवश्यकताअनुसार रातको समयमा पनि खेल सञ्चालन गर्न सकिनेछ। यसपटक दर्शकका लागि डिजिटल टिकट प्रणाली र सिट नम्बर छुट्याउने व्यवस्था गरिएको छ।

सुरक्षा जाँच, सिसिटिभी निगरानी र पार्किङ व्यवस्थापनमा पनि ध्यान दिइएको छ। यसैबीच, ओमोडा जेइकू ब्रान्डका गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले नेपाल क्रिकेट सङ्घ, क्यानसँगको सहकार्यलाई निरन्तरता दिएको छ। पहिलो संस्करणदेखि 'ड्रिभन बाइ' साझेदार रहेको कम्पनी यसपालि 'पावर्ड बाइ' प्रायोजकका रूपमा जोडिएको छ।

कम्पनीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई 'इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट' का रूपमा गाडी दिँदै आएको छ। एसपीजी अटोमोबाइल्सका अनुसार यो सहकार्यले नेपाली क्रिकेटप्रति ब्रान्डको प्रतिबद्धतालाई अझ बलियो बनाएको छ। कम्पनीले यसले देशमा खेलकुद संस्कृति बढाउने प्रयासलाई पनि सघाउने जनाएको छ।

स्रोत

सम्बन्धित समाचार