२९ असोज २०८३ English
English

होपको शतकमा वेस्टइन्डिजले चौथो टी–ट्वान्टीमा भारतलाई हरायो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
होपको शतकमा वेस्टइन्डिजले चौथो टी–ट्वान्टीमा भारतलाई हरायो

YouTube मा सब्स्क्राइब

ओपनर साइ होपको कीर्तिमानी शतक र किमो पलको ५ विकेटको मद्दतमा वेस्टइन्डिजले चौथो टी–ट्वान्टी खेलमा भारतलाई २४ रनले हराएको छ। बुधबार हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा भएको खेल जितेसँगै पाहुना टोलीले पाँच खेलको शृङ्खला २–२ को बराबरीमा ल्याएको छ। टस हारेपछि पहिले ब्याटिङ गर्न पाएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २४७ रन बनाएको थियो।

उसको इनिङ्समा होपले आक्रामक ब्याटिङ गर्दै १०२ रन जोडेका थिए। जवाफमा २४८ रनको लक्ष्य पछ्याउँदै भारत १९.३ ओभरमा २२३ रनमा अलआउट भएको छ। भारतको इनिङ्समा पलले ५ विकेट लिएका थिए।

शृङ्खलाको विजेता अब पाँचौँ र अन्तिम खेलले तय गर्नेछ।

स्रोत

सम्बन्धित समाचार