लिग–२: स्टिनक्याम्पको शतकमा नामिबियाले अमेरिकालाई हरायो

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नामिबियाले अमेरिकालाई ६ विकेटले पराजित गरेको छ। अमेरिकाको डलासमा मंगलबार भएको खेलमा नामिबियाले २७८ रनको लक्ष्य ४८.३ ओभरमा ४ विकेट गुमाएर ९ बल बाँकी रहँदा पूरा गरेको हो। लरेन स्टिनक्याम्पले ११४ बलमा ७ चौका र ३ छक्कासहित १०२ रनको शतकीय पारी खेलेका छन्।
कप्तान गेर्हार्ड इरास्मसले १०२ बलमा ४ चौका र १ छक्काको सहयोगमा ९५ रन बनाएका छन्। शतकबाट ५ रनले चुकेका इरास्मस र स्टिनक्याम्पबीच तेस्रो विकेटका लागि १४९ रनको साझेदारी भएको छ। जन फ्राइलिंकले ३६ बलमा २९ रन जोडेका छन् भने जेन ग्रिन २८ र जे जे स्मिट ८ रनमा अविजित रहेका छन्।
अमेरिकाका जसदीप सिंह, इशान आदिल, हसन खान र हरमित सिंहले एक–एक विकेट लिएका छन्। टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २७७ रन बनाएको थियो।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


