२८ असोज २०८३ English
English

महँगीले दसैँ खर्चिलो, बजारमा भीड तर उपभोक्ता मारमा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
महँगीले दसैँ खर्चिलो, बजारमा भीड तर उपभोक्ता मारमा

YouTube मा सब्स्क्राइब

दसैँ नजिकिँदै गर्दा काठमाडौँ उपत्यकाका बजारमा किनमेल गर्नेको भीड बढेको छ, तर खाद्यान्न, लत्ताकपडा र मासुको भाउ बढ्दा उपभोक्तालाई खर्च धान्न मुस्किल भएको छ। असन, इन्द्रचोक, नयाँसडक, बानेश्वर, पुतलीसडक, ठमेललगायतका बजारमा लुगा र दैनिक सामान किन्नेको चहलपहल बाक्लो छ। काठमाडौँ महानगरपालिका–३२ का शालिकचन्द्र शर्माका अनुसार जिरा मसिनो चामलको भाउ एक बोरामा करिब ३०० रुपैयाँ बढेको छ।

उहाँका भनाइमा खसीको मासु पनि प्रतिकिलो करिब ३०० देखि ४०० रुपैयाँसम्म महँगिएको छ। महँगी बढेसँगै चाडपर्व मनाउनसमेत अप्ठ्यारो हुँदै गएको शर्माको गुनासो छ। दैनिक उपभोग्य वस्तु र खाद्यान्नको मूल्य पछिल्लो समय निकै बढेको उपभोक्ताहरू बताउँछन्।

गत भदौ १० गतेको भोटेकोशी बाढीपछि चीनतर्फका दुई नाका ठप्प हुँदा लत्ताकपडा केही महँगिएको हुनसक्ने उपभोक्ताको अनुमान छ।

स्रोत

सम्बन्धित समाचार