ढोरपाटन सिकार आरक्षमा नाउर र झारलको गणना सुरु

बागलुङको ढोरपाटन सिकार आरक्षमा सिकार कोटा तय गर्न नाउर र झारलको गणना गर्ने तयारी भएको छ। नेपालको एकमात्र सिकार आरक्षले हरेक पाँच वर्षमा यी वन्यजन्तुको सङ्ख्या गणना गर्दै आएको छ। चालु आर्थिक वर्षको दोस्रो चौमासिक सुरु भएसँगै सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सातवटै सिकार ब्लकमा प्राविधिक र कर्मचारी खटाउने तयारी छ।
गणना 'टाउको गन्ने' विधिबाट हुने आरक्ष कार्यालयले जनाएको छ। कोरोनाका कारण एक वर्ष ढिलो गरी विसं २०७९ मा भएको अघिल्लो गणनामा करिब १ हजार २९० नाउर र ७४४ झारल भेटिएका थिए। गणनामा देखिएको सङ्ख्या, उमेर र लिङ्ग संरचनाका आधारमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकारको वार्षिक कोटा तोक्दै आएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


