२८ असोज २०८३ English
English

ग्रिनल्यान्डमा तेल, ग्यास र खनिज अन्वेषण सुरु गर्ने ट्रम्पको घोषणा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
ग्रिनल्यान्डमा तेल, ग्यास र खनिज अन्वेषण सुरु गर्ने ट्रम्पको घोषणा

YouTube मा सब्स्क्राइब

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा तेल, ग्यास र खनिजको व्यापक अन्वेषण चाँडै सुरु हुने घोषणा गर्नुभएको छ। उहाँले बुधबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा यस्तो जानकारी दिनुभएको हो। केही विज्ञलाई उद्धृत गर्दै ट्रम्पले ग्रिनल्यान्डमा सजिलै निकाल्न सकिने तेलको भण्डार विश्वका अन्य भूभागभन्दा धेरै रहेको दाबी गर्नुभएको छ।

तर अन्वेषणमा अमेरिकाको भूमिका के हुनेछ भन्ने विवरण उहाँले दिनुभएको छैन। ग्रिनल्यान्ड डेनमार्कअन्तर्गतको स्वशासित आर्कटिक क्षेत्र हो, जहाँ अमेरिकाले आफ्नो सुरक्षा उपस्थिति बढाउन खोजिरहेको छ। गत महिना ट्रम्पले डेनमार्क र ग्रिनल्यान्डका नेतासँग सुरक्षा सम्झौता गर्नुभएको थियो, जसले त्यहाँ अमेरिकी सैन्य भूमिका विस्तार गर्ने बाटो खोलेको छ।

ट्रम्पले ग्रिनल्यान्डलाई अमेरिका र युरोपको रक्षा रणनीतिका लागि अत्यन्त महत्त्वपूर्ण भूभाग भन्नुभएको छ। भविष्यमा अमेरिकामाथि हुने कुनै पनि आक्रमण ग्रिनल्यान्ड हुँदै आउने उहाँको दाबी छ। उहाँका अनुसार त्यहाँ राखिने रक्षा प्रणालीले ड्रोन, क्षेप्यास्त्र र भविष्यमा बन्ने अन्य हतियार पनि नष्ट गर्न सक्नेछ।

यसले अमेरिकालाई समयमै सूचना पाउने र टाढासम्म निगरानी गर्ने क्षमता दिने उहाँको भनाइ छ। ट्रम्पले ग्रिनल्यान्डमा दुई ठूला अमेरिकी सैन्य अखडा बनाउने योजना पनि सुनाउनुभएको थियो।

स्रोत

सम्बन्धित समाचार