भारतको बिहारमा गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १३ जनाको मृत्यु, अधिकांश बालबालिका

भारतको बिहार राज्यस्थित गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन्।
वैशाली जिल्लाअन्तर्गत राघोपुर थाना क्षेत्रमा मंगलबार राति गंगा नदी पार गर्ने क्रममा डुंगा पल्टिएको थियो। कम्तीमा १३ जना बालबालिकाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
डुंगामा सवार अन्य सात जनालाई उद्धार गरी अस्पताल भर्ना गरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरू खतरामुक्त छन्।
भारतीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै केही रिपोर्टमा भने मृतकको संख्या १४ पुगेको, ६ जना घाइते भएको र तीन जनालाई सकुशल उद्धार गरिएको उल्लेख छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

