भारतसँग जोडिएका उडानमा पावर बैंक बोक्न रोक, नेपाल एयरलाइन्सले पनि लागू गर्यो

भारतले आफ्नो देशसँग जोडिएका उडानमा पावर बैंक बोक्न रोक लगाएपछि नेपाल वायुसेवा निगमले पनि नेपाल–भारत उडानमा यो नियम लागू गरेको छ। भारतको नागरिक उड्डयन महानिर्देशनालयको एरोनटिकल इन्फर्मेसन सर्कुलरअनुसार भारतभित्रका घरेलु उडान तथा भारत आउने र जाने उडानमा पावर बैंक क्याबिन झोला, ब्यागेज वा कार्गो कुनै पनि रूपमा बोक्न पूर्ण रोक लगाइएको छ। निगमका अनुसार सर्कुलरमा मोबिकिङ एमके–पीबी–०४ मोडेलको पावर बैंकलाई विशेष रूपमा निषेध गरिएको छ।
निगमले नेपालबाट भारत र भारतबाट नेपाल उड्ने सबै यात्रुलाई कुनै पनि पावर बैंक साथमा नलिन आग्रह गरेको छ। केही दिनअघि भारतको राजधानी दिल्लीबाट दक्षिणी सहर चेन्नईतर्फ उडिरहेको इन्डिगो एयरलाइन्सको विमानमा यात्रुको झोलामा रहेको पावर बैंक पड्किएर आगो लागेको थियो। उक्त घटनापछि विमानलाई हैदराबाद विमानस्थलमा आपत्कालीन अवतरण गराइएको थियो।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो
