एनएसए कप पौडी: निसर्ग बाटिका च्याम्पियन

निसर्ग बाटिका स्कुलले नेपाल पौडी सङ्घले आयोजना गरेको १४औँ एनएसए कप पौडी प्रतियोगिताको उपाधि जितेको छ। मङ्गलबार सकिएको दुई दिने प्रतियोगितामा निसर्गले कुल १ हजार ३६३ अङ्क जोडेको छ। दोस्रो स्थानमा रहेको एपिएफले ६१३ र तेस्रो भएको जेम्सले ६०६ अङ्क पाएका छन्।
नेपाल आर्मी क्लबकी डुवाना लामाले सात स्वर्ण पदक जितेर महिलातर्फको उत्कृष्ट खेलाडीको सम्मान पाउनुभएको छ। उहाँले पहिलो दिन चार र अन्तिम दिन तीन स्वर्ण हात पार्नुभएको थियो। पुरुषतर्फ चार स्वर्ण र दुई रजत जितेका नेपाल पुलिस क्लबका एरभिन श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ।
प्रतियोगितामा कुल १७ नयाँ राष्ट्रिय कीर्तिमान बनेको सङ्घले जनाएको छ। तीमध्ये सबैभन्दा धेरै ६ कीर्तिमान एरभिनले राख्नुभएको छ। अभिभ प्रधानले ४ र जेडेन श्रेष्ठले ३ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको छ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहतालगायतले समापन समारोहमा विजेता टोली र खेलाडीलाई पुरस्कार प्रदान गर्नुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


