२८ असोज २०८३ English
English

१२औँ नेपालगन्ज म्याराथन मंसिर १२ मा, १२ विधाका दौड

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
१२औँ नेपालगन्ज म्याराथन मंसिर १२ मा, १२ विधाका दौड

YouTube मा सब्स्क्राइब

नेपालगन्जमा आगामी मंसिर १२ गते शनिबार धारा नेपालगन्ज म्याराथनको १२औँ संस्करण आयोजना गरिने भएको छ। बीपी चोकबाट सुरु हुने यस पटकको प्रतियोगितामा १२ विधाका दौड समावेश गरिएको आयोजकले जनाएको छ। मुख्य दौडमा ४२ किलोमिटर पुरुष खुला र २१ किलोमिटर महिला खुला हाफ म्याराथन छन्।

यसबाहेक १० र ५ किलोमिटरका महिला तथा पुरुष खुला दौड र ५ किलोमिटरको विद्यालयस्तरीय दौड हुनेछन्। कर्पोरेट, किड्स, ह्वीलचेयर र रन फर अल तीन-तीन किलोमिटर तथा फेमिली रन दुई किलोमिटरको हुनेछ। रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङका अनुसार पुरुष म्याराथनमा व्यक्तिगत समयका लागि दौडिन चाहने महिलालाई र महिला हाफ म्याराथनमा समय सुधार्न चाहने पुरुषलाई पनि विद्युतीय चिप दिइनेछ।

४२ किलोमिटरतर्फ ४० वर्षदेखि माथिका विभिन्न उमेर समूहमा पनि छुट्टै वरीयताक्रम निकालिने उहाँले बताउनुभएको छ। यो म्याराथनले गत जुनमा नर्वेको ट्रम्सोमा एम्स सोसल अवार्ड पाएको आयोजकले जनाएको छ।

स्रोत

सम्बन्धित समाचार