दसैँका लागि बैंकहरूमा नयाँ र सुकिला नोट सटही सुरु

दसैँलाई लक्षित गर्दै बैंकहरूले ग्राहकका लागि नयाँ तथा सुकिला नोट सटही सुविधा सुरु गरेका छन्। बैंकहरूले सार्वजनिक गरेको सूचनाअनुसार ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोट सटहीमा उपलब्ध छन्। नबिल बैंकले सोमबार सूचना निकालेर नयाँ नोट सटही सेवा थालेको जनाएको छ। त्यसको भोलिपल्ट मंगलबार सिद्धार्थ बैंकले पनि यस्तै सुविधा सुरु गरेको घोषणा गरेको छ। सूचनाअनुसार यो सेवा असोज २६ गतेदेखि सञ्चालनमा आएको हो।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


