२७ असोज २०८३ English
English

दसैँमा रातो माटोले घर पोत्ने चलन हराउँदै

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
दसैँमा रातो माटोले घर पोत्ने चलन हराउँदै

YouTube मा सब्स्क्राइब

नेपालीको महान् चाड दसैँ सुरु भइसक्दा पनि रातो माटो, खाटो र कमेरोले घर लिपपोत गर्ने पुरानो चलन गाउँघरमा हराउँदै गएको छ। गाउँघरमा पनि सिमेन्ट र कङ्क्रिटका घर बन्न थालेपछि माटोको सट्टा रङरोगन प्रयोग बढेको हो। परापूर्वकालदेखि नै दसैँ सुरु हुनुअघि वा सुरु भएपछि घर सिँगार्ने र लिपपोत गर्ने काम सबैभन्दा पहिले गरिन्थ्यो।

ढुङ्गा, माटो र काठ प्रयोग गरी बनाइएका परम्परागत शैलीका घरमा यस्तो लिपपोत गर्ने चलन थियो। केही वर्षअघिसम्म धनकुटाका बासिन्दा दसैँअघि चिम्ट्याइलो र रातो माटो पाइने ठाउँमा पुगेर माटो बोकेर ल्याउँथे। अहिले भने यस्तो माटोले पोतेर चिटिक्क पारिएका घर कमै देखिन थालेका छन्।

स्रोत

सम्बन्धित समाचार