२७ असोज २०८३ English
English

प्रतिबन्धकै बीच युरोपले रुसबाट ३२० अर्ब डलरको ऊर्जा किन्यो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
प्रतिबन्धकै बीच युरोपले रुसबाट ३२० अर्ब डलरको ऊर्जा किन्यो

YouTube मा सब्स्क्राइब

युक्रेनमाथि आक्रमणपछि रुसमाथि प्रतिबन्ध लगाए पनि युरोपेली संघका सदस्य देशहरूले सन् २०२२ यता रुसबाट करिब ३२० अर्ब डलरको ऊर्जा किनेका छन्। रुसी उपप्रधानमन्त्री अलेक्जान्डर नोभाकले सोमबार यो विवरण सार्वजनिक गर्नुभएको हो। नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको अमेरिकी डलरको खरिद दर १५२ रुपैयाँ ९४ पैसाका आधारमा यो रकम करिब ४९० खर्ब रुपैयाँ हुन्छ।

नोभाकका अनुसार सन् २०२६ को पहिलो नौ महिनामै युरोपेली देशहरूले करिब २१ अर्ब ३० करोड डलरको रुसी हाइड्रोकार्बन खरिद गरेका छन्। केही क्षेत्रमा पाइएको छुटका कारण आपूर्ति नरोकिएको उल्लेख गर्दै उहाँले यो वर्षको अन्त्यसम्म रुसी तेल निर्यात युद्धअघिकै स्तरमा पुग्न सक्ने बताउनुभएको छ। प्रतिबन्ध लागू रहे पनि फ्रान्सलगायतका देशले रुसी तरलीकृत प्राकृतिक ग्यास, एलएनजी आयात गरिरहेका छन्।

पाइपलाइनमार्फत रुसी तेल किन्न स्लोभाकिया र हङ्गेरीलाई छुट दिइएको छ। भारत र टर्कीमा प्रशोधन भएर युरोप पुग्ने रुसी उत्पादन भने प्रत्यक्ष आयातको हिसाबमा गनिएको छैन। स्विडेनकी विदेशमन्त्री मारिया माल्मर स्टेनरगार्डले युरोपले रुसी ऊर्जामा गरेको खर्च युक्रेनलाई दिएको सहयोगभन्दा धेरै रहेको बताउनुभएको छ।

उहाँका अनुसार युद्ध सुरु भएयता युरोपेली संघले युक्रेनलाई करिब २४४ अर्ब डलर बराबरको सहयोग दिएको छ।

स्रोत

सम्बन्धित समाचार