२७ असोज २०८३ English
English

अपडेट – जन्तरमन्तरको सट्टा दिल्लीमा प्रदर्शनका तीन नयाँ स्थल

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
अपडेट – जन्तरमन्तरको सट्टा दिल्लीमा प्रदर्शनका तीन नयाँ स्थल

YouTube मा सब्स्क्राइब

दिल्ली प्रहरीले सोमबार राजधानी नयाँ दिल्लीको जन्तरमन्तरलाई विरोध प्रदर्शन स्थलको सूचीबाट हटाएर प्रदर्शनका लागि तीनवटा नयाँ ठाउँ तोकेको छ। प्रहरीका अनुसार अब रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीको सीबीडी मैदानमा प्रदर्शन गर्न पाइनेछ। दिल्ली प्रहरी आयुक्तले जारी गरेको नयाँ आदेशमा सुरक्षा र सडक यातायात व्यवस्थापनलाई निर्णयको मुख्य कारण बताइएको छ।

आदेशअनुसार जन्तरमन्तर क्षेत्रमा कुनै पनि किसिमको आन्दोलन, धर्ना, सभा वा समारोह गर्न औपचारिक रूपमा रोक लगाइएको छ। मतदाता नामावली र निर्वाचन व्यवस्थापनमा अनियमितता भएको आरोप लगाउँदै प्रदर्शनकारीले प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गरिरहेका बेला यो निर्णय आएको हो। भारतीय संसद् र केन्द्रीय मन्त्रालयहरूको छेउमा पर्ने जन्तरमन्तर पुरानो खगोलीय वेधशाला हो।

लामो समयदेखि देशका प्रमुख विरोध स्थलमध्ये एक मानिँदै आएको यो ठाउँ राजनीतिक र सामाजिक मुद्दा उठाउने समूहको मुख्य गन्तव्य थियो। भारतीय सञ्चारमाध्यमका अनुसार ककरोच जनता पार्टीलगायतका दल र नागरिक समाजले जन्तरमन्तरमा गर्न खोजेको प्रदर्शन रोक्न प्रहरीले व्यापक कडाइ गरेको छ। कैयौँ प्रदर्शनकारी र नेता पक्राउ परेको ती सञ्चारमाध्यमले जनाएका छन्।

मध्य दिल्लीका केही मेट्रो स्टेसन र इन्टरनेट सेवामा पनि अस्थायी रूपमा कडाइ गरिएको छ।

स्रोत

सम्बन्धित समाचार