२७ असोज २०८३ English
English

नगरकोटमा असोज २८ देखि चारदिने 'चङ्गा चेट' उत्सव

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
नगरकोटमा असोज २८ देखि चारदिने 'चङ्गा चेट' उत्सव

YouTube मा सब्स्क्राइब

नगरकोटमा असोज २८ गतेदेखि ३१ गतेसम्म चार दिने 'चङ्गा चेट' नामको दसैँपूर्व उत्सव हुने भएको छ। नगरकोटस्थित माउन्टेन भिस्टा रिट्रिटमा हुने उत्सवले केही वर्षयता रोकिएको चङ्गा उडाउने मौलिक परम्परा फेरि ब्युँताउने लक्ष्य राखेको छ। आयोजकका अनुसार करिब दुई दशक पुरानो यो परम्परा आधुनिकतासँगै नयाँ पुस्ताबाट हराउँदै गएपछि यो कार्यक्रम राखिएको हो।

नेपाल घुम्न आएका विदेशी पर्यटकलाई पनि नेपाली संस्कृतिसँग परिचित गराउने उद्देश्य आयोजकको छ। उत्सवमा चङ्गा उडाउने प्रतिस्पर्धासँगै लाइभ सङ्गीत, सांस्कृतिक नृत्य, स्ट्यान्डअप कमेडी र जादु प्रदर्शन हुनेछ। फेस पेन्टिङ, माटोका भाँडा बनाउने परम्परागत कला र खानेकुराका स्टल पनि राखिएका छन्।

आयोजकका अनुसार पूर्वमिस नेपाल उषा खड्गीलगायत कलाकारको प्रस्तुति रहनेछ। सहभागीले दसैँका विशेष परिकार चाख्न पाउनेछन् भने तातो पानीको पौडी पोखरी र ज्याकुजीको सुविधा पनि लिन सक्नेछन्। काठमाडौँ उपत्यकाबाट नगरकोट जानेका लागि अतिरिक्त शुल्क तिरेर यातायात सुविधा लिन सकिनेछ।

पारिवारिक जमघटलाई रमाइलो बनाउँदै पर्यटन प्रवर्द्धन गर्नु पनि उत्सवको उद्देश्य रहेको आयोजकले जनाएको छ।

स्रोत

सम्बन्धित समाचार