विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकको सूचीमा ३१ नेपाली

अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयले प्रकाशन संस्था एल्सेभियरसँग मिलेर सार्वजनिक गरेको सन् २०२५ को सूचीमा ३१ नेपाली वैज्ञानिक परेका छन्। यो सूचीले विश्वका शीर्ष २ प्रतिशत प्रभावशाली वैज्ञानिकलाई समेटेको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नास्टका वैज्ञानिक डा.
निरञ्जन कोइरालाका अनुसार सूचीमा परेकामध्ये सात जना त्रिभुवन विश्वविद्यालयमा आबद्ध छन्। अरू वैज्ञानिक विभिन्न विश्वविद्यालय, अनुसन्धान संस्था र स्वास्थ्य क्षेत्रमा कार्यरत छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आबद्ध अनुसन्धानकर्ता पनि सूचीमा छन्।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र, इसिमोडसँग जोडिएका वैज्ञानिक पनि समेटिएका छन्। डा. कोइराला स्वयं पनि यस सूचीमा पर्नुभएको छ।
उहाँ औषधीय वनस्पति, जडीबुटी र प्राकृतिक उत्पादनमा आधारित औषधिको अनुसन्धानमा सक्रिय हुनुहुन्छ। नेपालको जैविक विविधतामा औषधि विकासको ठूलो सम्भावना रहेको उहाँको धारणा छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


