राष्ट्रिय आइटिएफ तेक्वान्दोमा नेपाली सेनाको वर्चस्व

विराटनगरमा सम्पन्न २६औँ राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी १७ स्वर्णपदकसहित पहिलो भएको छ। विराटनगरको एक पार्टी प्यालेसमा सोमबार प्रतियोगिता सम्पन्न भएको हो। नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीका अनुसार आर्मीले १७ स्वर्ण, ६ रजत र ५ कांस्यसहित कुल २८ पदक जितेको छ।
अर्को विभागीय टोली सशस्त्र प्रहरी बल १० स्वर्ण, १० रजत र ६ कांस्यसहित २६ पदक जितेर दोस्रो भएको छ। लुम्बिनी प्रदेश ५ स्वर्ण, ६ रजत र ८ कांस्यसहित १९ पदकका साथ तेस्रो बनेको छ। प्रतियोगितामा भीम बहादुर पुरुषतर्फ र अपेक्षा श्रेष्ठ महिलातर्फ उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

