२६ असोज २०८३ English
English

टेबलटेनिस: दसैँ प्रतियोगिता सम्पन्न, होप्समा गनन्जय–शेखर जोडी च्याम्पियन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
टेबलटेनिस: दसैँ प्रतियोगिता सम्पन्न, होप्समा गनन्जय–शेखर जोडी च्याम्पियन

YouTube मा सब्स्क्राइब

दसैँको अवसरमा आयोजित दुई टेबलटेनिस प्रतियोगिता सम्पन्न भएका छन्। बालकुमारीमा होप्स टेबलटेनिस एकेडेमीले आयोजना गरेको मैत्रीपूर्ण डबल्स प्रतियोगितामा गनन्जय दाहाल र शेखर श्रेष्ठको जोडी च्याम्पियन बनेको छ। फाइनलमा उक्त जोडीले रिभान वज्राचार्य र रिजान शाक्यलाई ५–११, ११–८, ११–३, ३–११ र १२–१० को सेटमा हराएको हो।

२० औँ एसियाली खेलकुदमा खेलिसकेका गनन्जयका जोडीदार शेखर ६८ वर्षका छन्। एकदिने प्रतियोगितामा ४० जोडी सहभागी थिए, जसमा पुरुष–पुरुष वा पुरुष–महिला जोडी बनाउन पाइने व्यवस्था थियो। सुमन खड्गीको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा विजेताले ४० हजार र उपविजेताले २० हजार रुपैयाँ नगद पुरस्कार पाएका छन्।

यता ग्वार्कोमा यल स्पोर्ट्स एकेडेमीले असोज २४ गते शनिबार पहिलो दसैँ टेबलटेनिस प्रतियोगिता आयोजना गरेको थियो, जसमा पुरुषतर्फ चार उमेर समूहमा खेल भएको थियो। ३० वर्षमाथिको फाइनलमा एपिएफका बिलाश श्रेष्ठले एपिएफकै राजिव चिकंबन्जारलाई हराएका छन्। ४० वर्षमाथिमा बिमलराज घिमिरेले राजकुमार खड्गीलाई हराउँदै स्वर्ण जितेका छन्।

५० वर्षमाथिमा एभिएमका जयराम महर्जन प्रथम भएका छन्। ६० वर्षमाथिमा खोल्चा पोखरीका प्रकाश धाख्वाले स्वर्ण र किर्तिपुरका रबिन्द्र महर्जनले रजत पदक पाएका छन्।

स्रोत

सम्बन्धित समाचार