२६ असोज २०८३ English
English

४१ वर्षीय किप्चोगेद्वारा मेलबर्न म्याराथनमा कोर्स रेकर्ड

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
४१ वर्षीय किप्चोगेद्वारा मेलबर्न म्याराथनमा कोर्स रेकर्ड

YouTube मा सब्स्क्राइब

दुई पटकका ओलम्पिक म्याराथन च्याम्पियन, केन्याका इलिउड किप्चोगेले ४१ वर्षको उमेरमा अस्ट्रेलियाको मेलबर्न म्याराथन जित्दै प्रतियोगिताको मार्गमा नयाँ कीर्तिमान बनाएका छन्। आइतबार भएको दौडमा उनले ४२.१९५ किलोमिटर दूरी २ घण्टा ९ मिनेट १० सेकेन्डमा पार गरेका हुन्। यो उनको म्याराथन करियरको १७ औँ जित हो।

सन् २०२३ को बर्लिन म्याराथनपछि उनले जितेको यो पहिलो म्याराथन उपाधि हो। दौडको केही भाग फर्मुला वान कार रेस हुने अल्बर्ट पार्कको ट्र्याकमा भएको थियो भने समापन मेलबर्न क्रिकेट मैदानभित्र गरिएको थियो। आफू अझै नयाँ पुस्ताका धावकसँग प्रतिस्पर्धा गर्न सक्षम रहेको किप्चोगेले बताएका छन्।

पुरुषतर्फ अस्ट्रेलियाका थोमस डो कान्टो २ घण्टा १० मिनेट ३५ सेकेन्डमा दोस्रो र रिस एडवर्ड्स तेस्रो भएका छन्। महिलातर्फ न्युजिल्यान्डकी क्यामिल फ्रेन्चले २ घण्टा २८ मिनेट २५ सेकेन्डमा उपाधि जितेकी छन्। अस्ट्रेलियाकी सिनेड डाइभर दोस्रो र आयरल्यान्डकी निकोला शेरिडन तेस्रो भएका छन्।

मेलबर्न किप्चोगेको विश्व भ्रमणअन्तर्गतको तेस्रो म्याराथन हो। उनले दुई वर्षभित्र अन्टार्कटिकासहित सातै महादेशमा म्याराथन दौडने लक्ष्य राखेका छन्।

स्रोत

सम्बन्धित समाचार