२६ असोज २०८३ English
English

पर्थमा नेपाल फेस्टिभल सम्पन्न, हजारौँ दर्शक सहभागी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
पर्थमा नेपाल फेस्टिभल सम्पन्न, हजारौँ दर्शक सहभागी

YouTube मा सब्स्क्राइब

गैरआवासीय नेपाली संघ, एनआरएनए पश्चिमी अस्ट्रेलियाले पर्थको वेलिङ्गटन स्क्वायरमा आयोजना गरेको नेपाल फेस्टिभल पर्थ २०२६ सम्पन्न भएको छ। आयोजकका अनुसार असोज २४ गते शनिबार भएको फेस्टिभलमा १० हजारभन्दा बढी दर्शक सहभागी भएका छन्। नेपाली कला, संस्कृति, परम्परा र पहिचानलाई अस्ट्रेलियाली समुदायमाझ चिनाउने उद्देश्यले फेस्टिभल आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा अस्ट्रेलियाका सरकारी अधिकारी, मन्त्री, सांसद र बहुसांस्कृतिक समुदायका अगुवाहरू पनि उपस्थित थिए। नेपाली परम्परागत खानाका परिकार र बालबालिकाका लागि बनाइएको किड्स जोन फेस्टिभलका मुख्य आकर्षण बनेका थिए। सांगीतिक प्रस्तुतितर्फ गायक प्रमोद खरेल, गायिका रचना रिमाल र परम्परा ब्यान्डले प्रस्तुति दिएका छन्।

चिसो मौसम र केही मिनेट परेको सिमसिमे वर्षाका बीच पनि नेपाली पोसाक र राष्ट्रिय झन्डासहित आएका दर्शक नाचिरहेका थिए। वर्षाका बेला ब्यान्डले केही समय संगीत मात्र बजाएर कार्यक्रम अघि बढाएको थियो। खरेलले हङ्गामा भो गीतबाट सुरु गरी झुमा झुम्का वाली, यो कुरा गोप्य र कर्णाली सललसम्म करिब दुई दर्जन गीत गाउनुभएको छ।

पर्थको प्रस्तुतिले नेपाली मनलाई नजिकबाट बुझ्ने अवसर दिएको उहाँले बताउनुभएको छ। परम्परा ब्यान्डको टोली मंगलबार नेपाल फर्किने र दसैँका बेला अक्टोबर १९ र २० मा भारतको असम भ्रमणमा जाने कार्यक्रम छ। तिहारपछि ब्यान्ड फेरि सुरताल म्युजिकल टुरमा सहभागी हुनेछ।

स्रोत

सम्बन्धित समाचार