२६ असोज २०८३ English
English

दसैँ मनाउन नयाँबसपार्कबाट गाउँ फर्किनेको चाप बढ्यो, दुई लाख सात हजार यात्रु बाहिरिए

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
दसैँ मनाउन नयाँबसपार्कबाट गाउँ फर्किनेको चाप बढ्यो, दुई लाख सात हजार यात्रु बाहिरिए
तस्बिर: रातोपाटी

बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घर–गाउँ फर्किने यात्रुको चाप बढ्न थालेको छ।

अध्ययन, रोजगारी र विभिन्न पेसा–व्यवसायका लागि राजधानीमा बस्दै आएका मानिसहरू दसैँ मनाउन घर–गाउँ फर्किन थालेका हुन्। अहिलेसम्म दसैँ मनाउन दुई लाख सात हजार यात्रु काठमाडौँबाट बाहिरिएका छन्।

बडादसैँ आइतबार घटस्थापनाबाट सुरु भएको हो। दसैँ सुरु भएसँगै नयाँबसपार्कमा यात्रुको भीड थप बढेको छ।

चाडपर्वका बेला राजधानीबाट ठूलो सङ्ख्यामा मानिसहरू घर फर्किने भएकाले बसपार्कमा यात्रुको चाप बढ्ने गरेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २६ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 26 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार