पहिरोले थुनेको नदीको अस्थायी बाँध फुटेर बूढीगण्डकीमा बाढी: इसिमोडको प्रारम्भिक निष्कर्ष

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले गोरखाको बूढीगण्डकी नदीमा आइतबार आएको आकस्मिक बाढी पहिरोले नदी थुनेर बनेको अस्थायी बाँध फुट्दा आएको प्रारम्भिक निष्कर्ष निकालेको छ।
इसिमोडका अनुसार गोरखाको चुमनुब्री गाउँपालिका–६, चुमचेत नजिकै गएको पहिरोले बूढीगण्डकी नदी अस्थायी रूपमा थुनिएको थियो। पहिरोले बनाएको सोही अस्थायी बाँध फुटेपछि नदीमा आकस्मिक बाढी आएको इसिमोडको प्रारम्भिक आकलन छ।
रसुवाको भोटेकोशी बाढीपछि बूढीगण्डकीमा आएको यो बाढीले हिमाली क्षेत्रमा एउटा प्राकृतिक प्रक्रियाले अर्को विपद् निम्त्याउन सक्ने जोखिम देखाएको छ। यस्तो क्रमिक विपद्ले जनधन तथा पूर्वाधारमा हुने क्षति थप बढ्न सक्ने देखिएको छ।
यता, बाढीको उद्गमस्थल अझै अस्पष्ट रहेकाले सरकारले बाढीको वास्तविक कारण पहिल्याउन ३ जना भूगर्भविद्को टोली प्रभावित क्षेत्रमा परिचालन गरेको छ। टोलीले प्रभावित क्षेत्रमा पुगेर बाढीको कारणबारे अध्ययन गर्नेछ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


