पश्चिमी र मनसुनी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

देशमा हाल पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी क्षेत्रमा बदली भएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही हिमाली क्षेत्रमा हल्का वर्षा भइरहेको छ।
सोमबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागसहित लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। विभागका अनुसार सोमबार देशको हिमाली र पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
हिमाली क्षेत्रका केही स्थानमा हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो