२६ असोज २०८३ English
English

कांग्रेस महामन्त्रीमा पौडेल, राणा र संग्रौला; उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कांग्रेस महामन्त्रीमा पौडेल, राणा र संग्रौला; उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित
तस्बिर: थाहाखबर

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डा. डिला संग्रौला पन्त निर्वाचित भएका छन्। खुला महामन्त्रीका दुई पदका लागि भएको मतगणनामा पौडेलले सर्वाधिक ४ हजार १९४ मत पाएका छन्।

उपसभापतिमा खुला कोटाबाट डा. चन्द्रकान्त भण्डारी र मधु आचार्य तथा समावेशी कोटाबाट विनोदकुमार चौधरी निर्वाचित भएका छन्। यसअघि ६ हजार मत गन्दा उपसभापति (खुला) तर्फ डा. भण्डारीले ३ हजार १०६ मत र आचार्यले १ हजार ९२० मत पाएका थिए। सोही बेला गोविन्द भट्टराईले १ हजार ५६६ मत पाएका थिए।

यसैबीच, सहमहामन्त्रीको मतगणना जारी छ। सहमहामन्त्रीका दुई खुला पदका लागि ५८४ मत गन्दा रामहरि खतिवडा २८९ मतसहित अगाडि छन्। डिल्लीराम सुवेदी र अजयबाबुले उनलाई पछ्याइरहेका छन्।

महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यलगायत अन्य पदको मतगणना पनि जारी छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २६ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 26 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार