कांग्रेस महाधिवेशन: ४६०० मत गन्दा उपसभापतिमा भण्डारी र महामन्त्रीमा पौडेल अगाडि

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा खुलातर्फको उपसभापति पदमा डा. चन्द्रकान्त भण्डारी र महामन्त्री पदमा प्रदीप पौडेलले फराकिलो अग्रता कायम राखेका छन्। कुल खसेको ७ हजार ४३ मतमध्ये ४ हजार ६०० मत गणना हुँदा पौडेलले २ हजार ६५७ मत पाएका छन्।
महिला महामन्त्री पदमा डा. डिला संग्रौला (पन्त) अगाडि छिन्। समावेशीतर्फको उपसभापति पदमा ४ हजार १०० मत गणना हुँदा विनोद चौधरीले १ हजार २६ मत ल्याएर जीवन परियारमाथि अग्रता लिएका थिए। महामन्त्रीको प्रतिस्पर्धामा उदयशम्शेरले १ हजार ३३३ र सुनिल शर्माले १ हजार १७५ मत पाएका छन्। उनीहरूबीचको मतान्तर १५८ छ।
विशेष महाधिवेशनका एक मुख्य आह्वानकर्ता तथा महामन्त्री गुरुराज घिमिरे महामन्त्रीको चुनावमा पछाडि परेका छन्।
यसैबीच, महिलातर्फको आरक्षित पदमा पुष्पा भुसाल सर्वसम्मत उपसभापति बनेकी छन्। महाधिवेशनबाट उपसभापति बन्ने उनी पहिलो महिला हुन्। उनी पार्टीको तेस्रो वरीयतामा रहनेछिन्। आइतबार साँझदेखि खुला सहमहामन्त्री, महिला सहमहामन्त्री र महिला केन्द्रीय सदस्य खुलाको मतगणना पनि सुरु भएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


